२३ जेष्ठ २०८३, शनिबार

क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप

कोलोराडोखबर संवाददाता , June 6th, 2026

नेपाल । नेपाली कांग्रेसले आफ्नो पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गते राति १२ बजेसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको हो ।

कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको जनाएको छ । तर, पार्टीका विभिन्न जिम्मा पाएका तहहरूबाट सदस्यता अद्यावधिक गर्न तोकिएको समय अपुग भएको भन्दै म्याद थप्न अनुरोध आएकाले यो निर्णय गरिएको कार्यवाहक मुख्यसचिव दुलालले स्पष्ट पारे ।

पार्टी केन्द्रीय कार्यालयले संसद्, प्रदेश र स्थानीय तहका विभिन्न कमिटीहरूलाई तोकिएको यस अन्तिम समयसीमा भित्रै आआफ्नो क्षेत्रको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य अनिवार्य रूपमा सम्पन्न गर्न कडा निर्देशन समेत दिएको छ । तोकिएको अवधिभित्र कार्य सम्पन्न नभएमा त्यसको जिम्मेवारी सम्बन्धित समितिले नै लिनुपर्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्