१७ जेष्ठ २०८३, आईतवार

पूर्व प्रधानमन्त्री प्रचण्ड अस्वस्थ, अस्पताल भर्ना

कोलोराडोखबर संवाददाता , May 31st, 2026

नेपाल । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

केही दिनदेखि लगातार रुघाखोकी र ज्वरोले अस्वस्थ भए पनि घरमै आराम गरिरहेका उनलाई निमोनियाको पनि लक्षण देखिए पछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

अस्वस्थताका कारण प्रचण्ड शुक्रबार गणतन्त्र दिवसको कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा संघीय संसद बैठकमा समेत सहभागी भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्