१४ जेष्ठ २०८३, बिहीबार

नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान

कोलोराडोखबर संवाददाता , May 28th, 2026

नेपाल । सरकारले ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेस गर्नुभएको हो ।

सभामा आर्थिक सर्वेक्षण पेस गर्दै उहाँले सन् २०२६ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतमा सिमिति हुने अनुमान रहेको बताउनुभयो ।

उहाँले प्रतिकुल विश्वपरिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले वृद्धि हुने अनुमान रहेको बताउनुभयो ।

प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्युन रहने अर्थमन्त्री वाग्लेको भनाइ छ ।

उहाँले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने तथा प्रतिव्यक्ति आय एक हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्