-आरसी रिजाल-
आज स्कुलको हेडसरको जन्मदिन। सर कक्षा आठका विद्यार्थी लिएर बृद्धाश्रम पुग्छन् । विद्यार्थीले पनि जन्मदिनमा फजुल खर्च नगरी सामाजिक कार्यमा सहयोग गर्न सिकुन भन्ने सरको आसय हो। उहाँले — तिसजना विद्यार्थीको हातमा एकएक गोटा मिठाइसहित फलफुलको पाकेट थमाउनु हुन्छ।
मिठाइ बाड्ने क्रममा रितेसले आफ्नो हजुरआमालाई देख्छ।नाति र हजुरआमा अंगालिएर रुन थाल्छ्न्।उ पाँच कक्षा पढ्दा बुवाले — तिम्रो हजुरआमाले सहरको दुषित हावापानी फापेन भन्नू भएकोले पहाडको घरमा राखेर आएको छु।उहाँ रमाएर बस्नु भएको छ भनेका थिए।
त्यस साँझ रितेसले बुवाआमालाई — तपाईहरुले मलाई जन्माउनु भयो। दिनभर तपाईंहरु काममा जानुहुन्थ्यो।मलाई तेते ताइताइ गर्ने,कोखाई कोखाई भनी खुवाउने, आची धोइदिने,बिरामीपर्दा थुमथुमाएर सुताउने र उहाँले तपाईंलाई पनि त्यसरी नै हुर्काउनु भएको होला।आज हजुरआमालाई भेटेपछि मेरो हृदय छियाछिया भएको छ।जबसम्म आश्रमबाट हजुरआमालाई घर ल्याउन हुन्न तवसम्म म एकथोपा पानी पनि पिउदिन । नत्र भबिस्यमा तपाईंहरुकै संस्कारको सिको गर्छु भन्यो।
आज राती बाबुछोराका आँखा झिमिक्कै भएको छैन।उनीहरु भोलि बिहानीको प्रतीक्षा छ्न्।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्