२१ बैशाख २०८३, सोमबार

सहकारीको बचत फिर्ता नगरेमा सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धको कानुनी व्यवस्था

कोलोराडोखबर संवाददाता , May 4th, 2026

नेपाल । सहकारी संस्थाको बचत रकम फिर्ता नगर्ने संस्थाका सञ्चालक, कर्मचारी तथा सम्बन्धित अन्य व्यक्तिका नाममा विदेश यात्रासमेत प्रतिबन्ध लगाउने गरी सरकारले नयाँ कानुनी प्रबन्ध गरेको छ ।

सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेशबाट सरकारले विदेश यात्रामा प्रतिबन्धसँगै सञ्चालक, कर्मचारी तथा सम्बन्धित व्यक्तिको चल अचल सम्पत्ति रोक्का गर्ने पनि कानुनी व्यवस्था गरेको छ । अध्यादेश नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको छ ।

सहकारी ऐनको मूल व्यवस्था संशोधन गरेर नियमन प्राधिकरणको काम, कर्तव्य र अधिकार थप गरिएको हो । प्राधिकरणको सिफारिस अनुसार बचत फिर्ता नगरेमा सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धको कानुनी व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्