१८ बैशाख २०८३, शुक्रबार

रोल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुग्यो

कोलोराडोखबर संवाददाता , May 1st, 2026

नेपाल । बिहीबार रोल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

नेपाल प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो। प्रहरी निरीक्षक थापाले जिप सडकबाट ८०० मिटर तल भिरमा खसेको बताए।

प्रहरीले थवाङ गाउँपालिकाको जलजलामा मेला भर्ना जाँदै गरेका यात्रु चढेको जिप दुर्घटना भएको अनुमान गरेको छ।

वैशाख पूर्णमामा थवाङको जलजलामा मेला लाग्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्