१७ बैशाख २०८३, बिहीबार

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन हुन्छः सभापति लामिछाने

कोलोराडोखबर संवाददाता , April 30th, 2026

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन हुने बताउनुभएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले छानबिन प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिनुभएको हो । गुरुङ आफैँले आफूमाथि छानबिनको माग गरेको सभापति लामिछानेले उल्लेख गर्नुभयो । यद्यपि, कुन प्रक्रियाबाट छानबिन गर्ने भन्ने विषयमा भने टुङ्गो लाग्न बाँकी रहेको उहाँको भनाइ छ ।

विवादित व्यवसायी दीपक भट्टसँग अनुचित कारोबारको आरोप लागेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्