नेपाल । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा देशभरका कम्युनिस्ट पार्टीले बुधबार विविध कार्यक्रम आयोजना गर्दै छन् ।
विसं २००६ मा पुष्पलाल श्रेष्ठको अगुवाइमा स्थापना भएको र पुष्पलाल श्रेष्ठले २००५ चैत २३ गते ‘कम्युनिस्ट घोषणापत्र’ को नेपाली अनुवाद प्रकाशित गर्नुभएको थियो भने २००६ वैशाखमा भारतको कोलकातामा पार्टी स्थापना भएको मानिन्छ ।
पार्टीका संस्थापकमा पुष्पलाल श्रेष्ठसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशी रहेका थिए ।
निर्वाचन आयोगमा हाल कम्युनिस्ट नाममा दर्ता भएका पार्टी १४ वटा छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्