४ बैशाख २०८३, शुक्रबार

रास्वपाले तोक्यो सांसद र मन्त्रीहरुले बुझाउनु पर्ने लेबीको रेट !

कोलोराडोखबर संवाददाता , April 17th, 2026

नेपाल । रास्वपाको संसदीय दलको बैठकले पार्टीको प्रमुख सचेतक र सचेतकहरूको जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतकको रूपमा चयन गर्ने प्रश्ताव पारित गरेको छ । त्यस्तै, सचेतकमा दुई जना सांसदहरू प्रकाशचन्द्र परियार र क्रान्ति शिखा धिताललाई चयन गरिएको छ ।

बैठकले पार्टीका सांसद र मन्त्रीहरूले बुझाउनुपर्ने मासिक लेबीको दर पनि तय गरेको छ । निर्णयअनुसार रास्वपाका सांसदहरूले मासिक १६ हजार ५ सय रूपैयाँ र मन्त्रीहरूले १८ हजार रूपैयाँ लेबी बुझाउनुपर्नेछ ।

यसैगरी, मन्त्रीका स्वकीय सचिवहरूका लागि २ हजार रूपैयाँ लेबी तोकिएको छ । भविष्यमा सांसदका स्वकीय सचिवहरू नियुक्त भएमा उनीहरूले पनि सोही बराबरको लेबी बुझाउनुपर्ने निर्णय बैठकले गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्