३ बैशाख २०८३, बिहीबार

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन पनि समावेश

कोलोराडोखबर संवाददाता , April 16th, 2026

नेपाल । टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश भएका छन् ।

बुधबार सार्वजनिक सूचीमा प्रधानमन्त्री शाह पनि अटाएका हुन् ।

टाइम म्यागेजिनले युवा आन्दोलनको जगमा पुराना नेतृत्वलाई विस्थापित गर्दै युवा प्रधानमन्त्री बन्न सफल भएकाले उनलाई सूचीमा राखेको उल्लेख गरेको छ ।

टाइम म्यागेजिनले प्रत्येक वर्ष विभिन्न विधामा क्रियाशील व्यक्तिहरूबाट सय प्रभावशाली सूची सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्