नेपाल । राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमसेर राणाले पार्टीको संस्थागत निर्णय बिना नै उपसभामुखमा उम्मेदवारी दिएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार भएको प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको थियो।
यसबारे आपत्ति जनाउँदै महामन्त्री राणाले सामाजिक संजाल लेखेका छन्, ‘पार्टीको संस्थागत निर्णय बिना नै उपसभामुख पदको उम्मेदवारीको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरू र राष्ट्रवादी साथीहरूले मलाई फोन सम्पर्क गरिरहनुभएको छ। म प्रस्ट पार्न चाहन्छु– हामी गणतन्त्र विरोधी आन्दोलनमा छौं ।’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्