२८ चैत्र २०८२, शनिबार

बालेन मन्त्रिमण्डलमा गौरीकुमारी र रामजी यादव मन्त्री पदमा नियुक्त

कोलोराडोखबर संवाददाता , April 11th, 2026

नेपाल । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्री थप गरेका छन् ।

उनले गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएका हुन् ।

​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । गौरीकुमारी महोत्तरी ४ र रामजी सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्