२५ चैत्र २०८२, बुधबार

नयाँ मर्यादाक्रममा गृहमन्त्री सुधन गुरुङ तेस्रोबाट पाँचौं नम्बरमा पुगे

कोलोराडोखबर संवाददाता , April 8th, 2026

नेपाल । मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेका हुन् ।

नयाँ मर्यादाक्रममा गृहमन्त्री सुधन गुरुङ पाँचौं नम्बरमा पुगेका छन् । उनी यसअघि तेस्रो मर्यादाक्रममा थिए ।

दोस्रो मर्यादाक्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहँदा तेस्रोमा परराष्ट्र मन्त्री शिशिर खनाल, चौथोमा उर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

पहिला अन्तिम मर्यादाक्रममा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी आठौं मर्यादाक्रममा उक्लिएकी छिन् ।

अहिले अन्तिम अर्थात् १५ औं मर्यादाक्रममा श्रम मन्त्री दीपककुमार साह छन् । आठौं मर्यादाक्रममा रहेका सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल पनि ११ औं नम्बरमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्