नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सङ्घीय सांसदहरुलाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा शनिबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिनुभयो ।
त्यसक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसद्मा विधेयक निर्माणसम्बन्धी र राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँलले प्रभावकारी संसद् र रचनात्मक सांसद (संसदीय अभ्यासका व्यावहारिक प्रश्न) बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा कार्यवाहक अध्यक्ष रामबहादुर थापासहित दुवै सदनमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरूको उपस्थिति रहेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्