नेपाल । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरुद्ध ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।
सोमबार साम्पाङले ‘सुनिता खड्का’ नाम गरेकी एक महिलाविरुद्ध उजुरी दर्ता गराएका हुन् । उजुरीमा ती महिला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समर्थक रहेको उल्लेख गरिएको छ ।
साम्पाङले टिकटक मार्फत आफूलाई ज्यान मार्ने र घर जलाउनेसम्मको धम्की दिइएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीमा उनले ती व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्