१६ चैत्र २०८२, सोमबार

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न पूर्वमन्त्री दीपक खड्का पक्राउ

कोलोराडोखबर संवाददाता , March 30th, 2026

काठमाडौँ । पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई आइतबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उनी पक्राउ परेका हुन् । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बुढानिलकण्ठस्थित उनको घरमा रकम भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्