नेपाल । नेपालले यही चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ । रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको थियो।
बिहीबार रास्वपाको शीर्ष नेताबीचको छलफलले कुनै प्राविधिक समस्या नदेखिए प्रधानमन्त्रीको शपथको मिति चैत १३ गते तय भएको छ । रास्वपाले बालेनकै नेतृत्वमा सरकार गठनको तयारी गरेको छ ।
संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण हुने जनाएको छ । त्यसलगत्तै सरकार गठन गर्ने रास्वपाले निर्णय गरेको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्