६ चैत्र २०८२, शुक्रबार

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ यही चैत १२ गते हुने

कोलोराडोखबर संवाददाता , March 20th, 2026

नेपाल । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ यही चैत १२ गते हुने भएको छ ।

संघीय संसद् सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित सदस्यलाई शपथका लागि आह्वान गरेको हो ।

गोरखापत्रलाई प्राप्त सूचना अनुसार उक्त दिन दिनको २स्०० बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सांसदलाई शपथका लागि आह्वान गरिएको छ ।

नेपालको संविधानको धारा ८८ र ९१ को उपधारा ५ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम आह्वान गरिएको सूचनामा शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्रहित उपस्थित हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्