५ चैत्र २०८२, बिहीबार

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए राजीनामा !

कोलोराडोखबर संवाददाता , March 19th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

उहाँले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनु भएको छ । उहाँ निकट स्रोतले दिएको जानकारीअनुसार थापाले केही दिनअघि उपसभापति शर्मालाई राजीनामा बुझाउनु भएको हो ।

थापाले दिएको राजीनामाका सम्बन्धमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुने बुझिएको छ ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट राजीनामा माग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्