५ चैत्र २०८२, बिहीबार

रवि लामिछानेको मुद्दामा बिहीबार पनि सुनुवाइ हुँदै, फैसला आउन सक्ने !

कोलोराडोखबर संवाददाता , March 19th, 2026

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा बिहीबार पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा गत आइतबारदेखि निरन्तर भइरहेको सुनुवाइ मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

बुधबार काठमाडौँ उपत्यकामा घोडेजात्राको सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । सम्भवतः बहस सकिएमा बिहीबार फैसला आउन सक्नेछ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।

उक्त निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्