३ चैत्र २०८२, मंगलवार

नेपालीको सुरक्षाबारे उच्चस्तरीय कुटनीतिक संवाद जारी छः परराष्ट्र

कोलोराडोखबर संवाददाता , March 17th, 2026

नेपाल । सरकारले पश्चिम एशिया (खाडी क्षेत्र) मा बढ्दो तनावका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षालाई आफ्नो सबैभन्दा ठूलो र पहिलो प्राथमिकतामा राखेको बताएको छ।

परराष्ट्र मन्त्रालयले नेपालीहरूको सुरक्षा, अवस्था र आवश्यक परेको खण्डमा उद्धारका लागि उच्चस्तरीय संयन्त्र परिचालन गरी कूटनीतिक पहललाई तीव्र बनाएको जनाएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार नेपाली नागरिकको सुरक्षा र समन्वयका लागि परराष्ट्र सचिवको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (आपत्कालीन प्रतिक्रिया टोली) ले सक्रिय रूपमा काम गरिरहेको छ।

उक्त टिमको तेस्रो बैठक सम्पन्न भइसकेको र बैठकमा नेपाली नागरिकको ज्यानधनको सुरक्षा, उद्धार र स्वदेश फर्कन चाहनेहरूलाई कसरी समन्वयात्मक रूपमा सहयोग गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको छ ।

उनीहरूको सुरक्षाका लागि उच्चस्तरीय संवाद पनि जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्