१७ फाल्गुन २०८२, आईतवार

देशलाई संकटबाट पार लगाउन सबै शक्तिहरू सहकार्य गरेर अघि बढ्नु पर्छः प्रचण्ड

कोलोराडोखबर संवाददाता , March 1st, 2026

नेपाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशीविदेशी प्रतिक्रियावादीविरुद्ध अभियान छेड्ने चेतावनी दिएका छन् ।

शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले उक्त चेतावनी दिएका हुन् ।

प्रचण्ड’ले मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रासहित समाजवादतिर अघि बढ्न फेरि एकचोटी देशीविदेशी प्रतिक्रियावादी शक्तिविरुद्ध अभियान छेडनुपर्ने अवस्था आएको बताए ।

उनले आसन्न निर्वाचनमार्फत आफूहरुले मुलुकको स्वाधीनता र आत्मसम्मानमाथि प्रहार गर्नेहरुलाई प्रतिवाद गरेर अघि बढ्ने सन्देश दिन चाहेको पनि बताए ।

उनले देशलाई संकटबाट पार लगाउन सबै शक्तिहरू सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्