११ फाल्गुन २०८२, सोमबार

दुई समुदायबीच भएको सामान्य भनाभन पछि रौतहटको गौरमा कर्फ्यु !

कोलोराडोखबर संवाददाता , February 22nd, 2026

नेपाल । फागुन ७ गतेदेखि बिग्रिएको रौतहटको सुरक्षा व्यवस्था नियन्त्रणमा ल्याउन प्रशासनले सेना परिचालनसँग कर्फ्यु लगाउनु परेको छ ।

गौरमा दुई समुदायबीच भएको सामान्य भनाभन तीन दिनमै उग्र साम्प्रदायिक दंगामा परिणत भएपछि स्थिति नियन्त्रण बाहिर गएको हो । तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना बढ्दै गएपछि प्रशासनले जारी गरेको कर्फ्यु आइतबार बिहान केही खुकुलो पारिएको छ ।

प्रहरी प्रशासनले घटना बढाउन भूमिका खेलेको भन्दै २० जनालाई पक्राउ गरिसकेको छ । जनमत पार्टीका नेता शेख जमशेदसहित २० जना प्रहरी नियन्त्रणमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्