१७ माघ २०८२, शनिबार

सुनको मूल्य प्रतितोला २० हजार ५ सय बढेर ३ लाख ३९ हजार ३०० मा कारोबार

कोलोराडोखबर संवाददाता , January 30th, 2026

नेपाल । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारएक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको थियो ।

यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्