नेपाल । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए ।
अदालतमा संसद् पुनःस्थापना, सरकार गठन प्रक्रियालगायत विषयमा १७ थान रिट निवेदनमा परेका छन् ।
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन रहेको छ । गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटन गरेर चुनावको घोषणा गरेकी थिइन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्