३ आश्विन २०८२, शुक्रबार

बजार अभाव देखाएर विद्युत् उत्पादनलाई रोक्न हुँदैनः उर्जामन्त्री कुलमान

कोलोराडोखबर संवाददाता , September 19th, 2025

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत् उत्पादनलाई रोक्न नहुने बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बिहीबार नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्ना माग पेस गरेको थियो । सोही क्रममा उहाँले देशका लागि अझै धेरै बिजुली आवश्यक रहेकाले विद्युत् उत्पादन रोक्न नहुने स्पष्ट पार्नुभयो ।

“देशका लागि अझै धेरै बिजुली चाहिएको छ, २०र३० हजार मेगावाट बिजुली चाहिन्छ,” उहाँले भन्नुभयोे, “बिजुलीको बजार छैन भन्ने होइन, बजार सिर्जना गर्ने हो । अहिले उत्पादन रोक्नतिर लाग्यौँ भने १० वर्षपछि ठुलो समस्या झेल्नु पर्छ ।”

भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बजार नभएको भन्दै लामो समयदेखि विद्युत् खरिद सम्झौता (पिपिए) नै रोकिराखेको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्