नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासंघको महाधिवेशनबाट चयन हुने नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासंघको बिहीबार आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको कुनै पनि किसानले आफ्नो हितमा काम गर्ने किसान महासंघ छ भन्ने महसुस गराउन सक्ने नेतृत्व चयन हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले किसानका समस्यामा सरकारमाथि निरन्तर दबाब सृजना गर्ने काम नेपाल किसान महासङ्घले गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्