१९ भाद्र २०८२, बिहीबार

विधान महाधिवेशन अघि बिहीबार नेकपा एमालेको सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , September 4th, 2025

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ ।

शुक्रबारदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनको अन्तिम तयारी स्वरुप बैठक बोलाइएको हो । बैठक अपरान्ह तीन बजे पार्टी मुख्यालय च्यासलमा सुरु हुनेछ ।

महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे विशेष समारोहकाबिच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजक समितिका ३१५ जना गरी कुल दुई हजार ३४१ जना सहभागी हुने पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्