नेपाल । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको नीतिलाई राष्ट्रको नीति बनाउन सकेमात्र एमाले निर्णायक शक्ति बन्न सक्ने बताउनुभएको छ ।
एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलको पुस्तक ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ को विमोचन समारोहमा सोमबार ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै महासचिव पोखरेलले पार्टीलाई सबै तहका सरकारको नेतृत्व गर्न सक्ने अवस्थामा पुर्याउनुपर्ने धारणा राख्नुभयो ।
हाल एमाले सरकारको नेतृत्वमा रहे पनि आफ्नो नीति राष्ट्रको नीति बनाउनसक्ने एकल सामर्थ्य अझ बन्न नसकेको स्वीकार गर्दै महासचिव पोखरेलले अब पार्टीले वर्ग सङ्घर्षलाई चुनाव केन्द्रित बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्