नेपाल । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लिपुलेक लिम्पियाधुरा तथा कालापानीको सम्स्या वार्ताको माद्यमबाट सुमाधान गर्नुपर्नेकुरा बताउनु भएको छ ।
सोमबार पार्टी स्थापनाको चौथो वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस बारेमा सरकारले नेपाली भूमी कायम गर्न आवश्यक प्रक्रिया थाल्नुपर्ने बताउनु भयो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग हो यसलाई अहिले जसरी विवादमा ल्याईएको छ त्यस बारेमा सरकारले कुटनीतिक तवरले वार्ताको माद्यमबाट सुमाधान गर्नुपर्छ–उहाँले भन्नुभयो । सरकारले कदम चालोस नेकपा एकीकृत समाजवादी त्यसमा साथ दिन तयार छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्