नेपाल । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसमा महामन्त्री, सांसद गगन थापाले सहकारी ठगीको रकम पीडितले फिर्ता पाउनु पर्ने बताउनुभएको छ ।
थापाले विभिन्न प्रतिवेदको सुझाव अनुसार एकजनाले पनि रकम फिर्ता नपाएका बताउनुभयो । पीडितलाई न्याय दिनुको सट्टा एउटा अभियुक्तको पछाडि देश दौडिएको बताउनुभयो ।
आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा आउनु स्वाभाविक भएको बताउँदै उहाँले तर ७ वटा अदालतले अभियुक्त बनाएर छाड्न नमानेको मानिसलाई भेट्न पूर्वप्रधानमन्त्रीहरूको दौडधुप भएको प्रति उहाँले आपत्ति जनाउनुभयो । उहाँको भनाई सरकारी ठगीमा जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्