२१ बैशाख २०८३, सोमबार

नख्खु कारागार पुगेर प्रचण्डले रवि लामिछानेलाई भेटे

कोलोराडोखबर संवाददाता , August 21st, 2025

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ ।

उहाँले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमासमेत चासो राख्नुभएको दाहालको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिनुभयो ।

थुनामा रहनुभएका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारकोभन्दा नख्खुमा धेरै राम्रो सेवासुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गर्नुभएको दाहालको सचिवालय सदस्य भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्