२१ बैशाख २०८३, सोमबार

उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्न एमाले–काँग्रेसद्वारा हस्ताक्षर संकलन

कोलोराडोखबर संवाददाता , August 20th, 2025

नेपाल । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले पद अनुकूल आचरण नगरेको भन्दै सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले पदमुक्तको प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलन गरेका छन् ।

दुई दलले आफूबाहेक सरकारमा सहभागी र विपक्षमा रहेका दलका प्रतिनिधिसँग पनि छलफल गरेका छन् । मङ्गलबार नै प्रस्ताव दर्ताको तयारी भए पनि सत्तारूढ दलभित्रको विमति र रानासमेत कार्यक्रमका सिलसिला अमेरिकामा रहेकाले अन्तिम समयमा रोकिएको छ ।

सोमबार साँझ दुई दलका शीर्ष नेताबीच भएको समझदारी अनुसार मङ्गलबार संसदीय दलका पदाधिकारीले हस्ताक्षरको प्रक्रिया अघि बढाएका थिए । उपत्यकाबाहिर रहेकाबाहेक अन्यलाई संसदीय दलको कार्यालयमा उपस्थित हुन दुबै दलले सांसदहरूलाई सूचित गरेका थिए ।

२०७९ माघ ७ गते उपसभामुख निर्वाचित रानाले २०७९ फागुनमा भिसा सहजीकरणका लागि नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र डेढ वर्षपछि बाहिर आएको थियो । २०८० साउनमा मात्र रानाको पत्र बाहिर आएको थियो । रानाको दल र संसद्सँग समेत सम्बन्धित नरहेका व्यक्तिको भिसा प्रक्रियाका लागि पदको दुरुपयोग भएको त्योबेला नेपाली कांग्रेसले विरोध गरेको थियो । पत्र लेखको अढाई वर्षपछि सोही प्रकरणलाई लिएर सत्ता साझेदार दलले पुनः आचरण अनुकूल काम नगरेकामा प्रस्ताव दर्ताको तयारी थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्