२१ बैशाख २०८३, सोमबार

झरनाको पाँचौँ अधिवेशन भदौ ७ गते हुने

कोलोराडोखबर संवाददाता , August 18th, 2025

नेपाल (मकवानपुर) । मकवानपुर जिल्लामा लामो समयदेखि क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारको पाँचौँ अधिवेशन आगामी भाद्र ७ गते शनिबार महेन्द्र मावि बकैया–४, छतिवनमा हुने भएको छ ।

संस्थाको हरेक ३-३ बर्षमा हुँदै आएको अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने अध्यक्ष विश्वनाथ सञ्जेलले बताउनु भयो ।

यसैगरी परिवारको ३ वर्षे कार्यकालमा संस्थाको गतिविधिलाई प्रचारप्रसार गर्न सहयोग गरेको भन्दै संस्थाले आफ्नो पाँचौ अधिवेशनमा अनलाइन पोर्टल साहित्य पोष्टलाई सम्मान गर्ने निर्णय गरिएको संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिनुभयो । यसअघि संस्थाले आफ्नो अधिवेशनका क्रममा हेटौँडा एफएम, समृद्ध समाज राष्ट्रिय दैनिक, अनलाइन पोर्टल बाइलाइन नेपाललाई पनि सम्मान गरिएको लामिछानेले जानकारी दिनुभयो ।

हरेक महिना मासिक साहित्य शृङ्खला सञ्चालन गर्दै आएको यस संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा फागुन महिनामा बकैया कला–साहित्य महोत्सव तथा हरेक वर्ष चैत्र महिनाको चौँथो शनिबार टिकटमा मुक्तक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्