नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नक्खु कारागार ल्याइएको छ ।
रूपन्देही कारागारमा रहेका उनलाई जेल सरुवा गरेर शनिबार अपराह्न ५ बजे काठमाडौँ ल्याइएको हो । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रूपन्देही कारागारमा थिए ।
उनले गत जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । अदालतले उनलाई काठमाडौँ सार्न अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको असुरक्षा रहेको बताएपछि सरकार उनलाई काठमाडौँ सार्न तयार भएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्