नेपाल । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपाली श्रमिकहरूको मृत्यु भएको छ ।
गैरकानुनी रूपमा बिक्री हुने यस्तो मदिरा सेवन गरेका अरु ३५ जना भन्दा धेरै नेपालीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको बुझिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आंकलन गरिएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मेथनोल मिसावट गरिएको मादक पदार्थ सेवनका कारण १६० जना प्रभावित भएका छन् । मृतकको सङ्ख्या २३ पुगेको र अधिकांश एशियाली मूलका मानिसहरू रहेको जनाइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्