२१ बैशाख २०८३, सोमबार

रञ्जिता नै नाउपाको अध्यक्ष भएको निर्वाचन आयोगको प्रष्टोक्ति

कोलोराडोखबर संवाददाता , August 14th, 2025

नेपाल । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै भएको प्रष्ट पारेको छ ।

उन्मुक्तिको साउन १५ मा भएको राष्ट्रिय भेलाले रञ्जितालाई हटाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष चयन गरी अद्यावधिकका लागि आयोगमा पठाएको थियो ।

आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानअनुसार रञ्जिता नै अध्यक्ष कायम भएको बताइन् ।

नाउपाको संरक्षक रेशमलाल चौधरी पक्षले पार्टी अध्यक्षमा लालवीरलाई चयन गरेको थियो । यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो ।

रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा समेत मुछिएपछि नाउपाभित्र विवाद चर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्