२१ बैशाख २०८३, सोमबार

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिए

कोलोराडोखबर संवाददाता , August 13th, 2025

नेपाल । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

राजीनामा दिँदै उनले संघीय निजामती विधेयक पारित गर्ने क्रममा समितिले कर्मचारी प्रशासनको दाउपेच र शक्ति प्रदर्शनको सामना गर्नुपरेको बताए ।

उनले विधेयकमा रहेको ‘कूलिङ अफ पिरियड’ को गडबडीको छानबिन गर्न बनेको विशेष समितिले आफू र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेकोमा असन्तुष्टि जनाए ।

प्रतिक्रिया दिनुहोस्