नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ पछि पनि काँग्रेस वा एमालेकै सरकार बन्ने दावी गरेका छन् ।
यो सरकार ०८४ को पुससम्म जाने बताउँदै त्यसपछि पनि एमालेले सरकार बनाउने‚ एमालेले नबनाए काँग्रेसले बनाउने बताएका छन् । त्यति भएन भने एमाले र काँग्रेसले मिलेर सरकार बनाउने बताएका छन् ।
काठमाडौँमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै फेरिने र केही मन्त्री फेरिने बताए । दुईवटा ठूला राजनीतिक दलहरू सरकारमा रहेकाले ढुक्क भएर काम गर्न आग्रह गरे।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्