२१ बैशाख २०८३, सोमबार

पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छः गगन थापा

कोलोराडोखबर संवाददाता , August 10th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताएका छन् ।

शनिबार बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा कांग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भन्दै सबैले आत्मसमीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

महामन्त्री थापाले देशका समस्याको समाधान दिनुपर्ने पार्टीमै आत्मविश्वास कमजोर भएको जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताए ।

महामन्त्री थापाले युवाहरूको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्नुपर्ने र त्यसलाई कदर गर्दै देशभित्र अवसर सिर्जना गर्नुपर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया दिनुहोस्