नेपाल । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको बताएका छन् ।
बिहिबार माओवादी निकट अखिल क्रान्तिकारीले काठमाण्डूको राष्ट्रिय सभागृहमा गरेको शैक्षिक संवादमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
अहिले पनि हामीले पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर अघि बढेको उनले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्