नेपाल । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुने खतरा रहेको बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–२४ मा रहेको गोगलप्रसाद नमूना माविको ७५ वर्ष पूरा गरेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे विनाश हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनले चुरे विनाशका कारण अन्नको भण्डार, माछाको भण्डार, फलफूलको भण्डार रहेको मधेश मरुभूमिकरणतर्फ अग्रसर भइरहेको बताए। उनले चुरे विनाश रोक्न स्थानीयलाई अग्रसर हुन समेत आह्वान गरे ।
पूर्वराष्ट्रपति यादवले चुरेको वन विनाश गरेर मदन भण्डारी राजमार्ग बनाउन लागिएकोमा समेत चिन्ता व्यक्त गरे। उनले शिक्षा र स्वास्थ्यमा राजनीति नहुनुपर्नेमा समेत जोड दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्