२१ बैशाख २०८३, सोमबार

कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छः कोइराला

कोलोराडोखबर संवाददाता , August 3rd, 2025

नेपाल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलका युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो ।

नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेस विराटनगर महानगर वार्ड नं–४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिकाबारे युवालाई बुझाउनु जरुरी रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्