नेपाल । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राखेको शर्त मान्ने गरी सहमति भएको छ ।
सोही सहमति अनुसार उनले आइतवार राजीनामा दिने भएका छन् । शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग इन्द्रबहादुर बानियाँ र लामाले संयुक्त छलफल गरेपछि सहमति जुटेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग लामा पराजित भएका थिए । लामाले राजीनामा दिएसँगै बागमतीको मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्