नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ ।
बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पछिल्लो एक वर्षमा मुलुकमा सडक, पुल र भवन निर्माण चौतर्फी गतिमा भइरहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्