४ श्रावण २०८२, आईतवार

रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा

कोलोराडोखबर संवाददाता , July 20th, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले आफूहरू प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रदेश संरचना रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको स्पष्ट पारे।

रास्वपाले केन्द्रमा मन्त्रालयको संख्या २१ बाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको जानकारी पनि प्रवक्ता झाले दिए। विभिन्न कालखण्डमा बनाइएका आयोग खारेज गर्ने पक्षमा रास्वपा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्