५ श्रावण २०८२, सोमबार

सौर्य एयरलाइन्सको दुर्घटनामा पाइटलको त्रुटि

कोलोराडोखबर संवाददाता , July 19th, 2025

नेपाल । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट) को लापरबाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स कम्पनीको त्रुटि औँल्याएको हो ।

आयोगले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिवेदन बुझाएसँगै मन्त्रालयले वेबसाइटमार्फत अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार सी–चेकका लागि गत वर्षको साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा पाइलट मनीष शाक्य बाँच्नुभएको थियो ।

जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्