७ श्रावण २०८२, बुधबार

देशभित्रका समग्र समस्याको समाधानका विषयमा कांग्रेसले ध्यान दिनुपर्छः गगन थापा

कोलोराडोखबर संवाददाता , July 18th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका विषयमा कांग्रेसले ध्यान दिनुपर्ने बताउनुभएको छ।

नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले हरेक छलफलको टिपोट गरी स्थानीय सरकारसम्म कार्यान्वयनका लागि जोड दिने बताउनुभयो ।

महामन्त्री थापाले छलफलबाट प्राप्त हुने नीतिगत ज्ञानको कार्यान्वयनबाट नतिजा ल्याउनुपर्छ भन्नेमा जोड दिनुभयो । महामन्त्री थापाले कांग्रेसले विरोधको राजनीतिमा भन्दा उत्पादन, रोजगारी, उद्यमशीलता र सम्भावनाको क्षेत्रमा ध्यान दिँदै छलफल बहसमार्फत समृद्धिको राजनीतिमा ध्यान दिनुपर्छ भन्नुभयो। उहाँले बजार अनुकुलको शिक्षा र ज्ञान अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिँदै नयाँ पुस्तामा समस्या सृजना गर्नेभन्दा समाधान गर्नसक्ने ज्ञान र सीपको विकास गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्