३१ असार २०८२, मंगलवार

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग

कोलोराडोखबर संवाददाता , July 15th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले आफूले गल्ती नगरेको भन्ने आँट पनि नदेखाएको भन्दै अनुसन्धानको बाटो सहज बनाउन तत्काल बर्खास्त गर्नुपर्ने बताए ।

थापाले पार्टीले नेताहरूमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्