२९ असार २०८२, आईतवार

पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन

कोलोराडोखबर संवाददाता , July 13th, 2025

नेपाल । पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ।

अस्पताल स्रोतका अनुसार शर्माको शनिबार साँझ ८ः१० बजे काठमाडौंका थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

उहाँ विसं २०६९ फागुन १२ देखि २०७५ फागुन १२ सम्म निर्वाचन आयुक्त हुनुभएको थियो । त्यसअघि उहाँले गोरखापत्र संस्थानबाट प्रकाशित दि राइजिङ नेपालमा १३ वर्ष कार्य गर्नुभएको थियो ।

उहाँका दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्